काठमाडौं, 14 फरवरी 2022
पाँचवटा भरुवा बन्दुकसहित कपिलवस्तुमा एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका-९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड गरिएको अवस्थामा बन्दुकहरू लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको कपिलवस्तुले जनाएको छ ।









































