HomeFeatureभलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित

भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित

काठमाडौं, 4 मई 2022

नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो । तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीमाथि २५–२३, २५–१६ र ३२–३० को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ । गण्डकीले ३ खेलमा ५ अंक जोडेको छ । त्यस्तै बुधबार नै न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबसँग तीन शुन्यको सोझो सेटमा पराजत भयो । न्यु डायमण्ड आर्मीसँग २५–१६, २५–१२ र २५–१२ ले पराजित भएको हो । त्यस्तै नेपाल पुलिस क्लबले महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै पुलिसले दोस्रो जित निकालेको हो ।  पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले २ खेलमा ६ अंक जोडेको छ ।  पुलिस शीर्ष स्थानमा रहेको छ । महिलाकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराएको छ । आर्मीले न्यु डायमण्डमाथि २५–१६, २५–१२ र २५–१२ ले हराएको हो । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...