दिल्ली, 2 सितम्बर 2021
भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको हृदयघातको कारण निधन भएको छ । सिद्धार्थ शुक्लाको हृदयघातको कारण निधन भएको हो। कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो। ४० सिद्धार्थ शुक्ला बिग बोस सिजन १३ को विजेता थिए। शुक्लालाई ‘म्यासिभ हार्ट अट्याक’ पछि अस्पताल ल्याइए पनि चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको निधन भइसकेको जानकारी दिएका थिए। सिद्धार्थ शुक्ला चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ का कलाकार हुन् । बलिउडका विभिन्न चलचित्रमा उनले अभिनय गरेका थिए।









































