HomeFeatureभारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 84 वर्षको उमेरमा निधन, शल्यक्रियापछि स्थिति बिग्रिएको...

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 84 वर्षको उमेरमा निधन, शल्यक्रियापछि स्थिति बिग्रिएको थियो

नयाँ दिल्ली, 31 अगस्त

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 84 वर्षको उमेरमा निधन भएको छ । दिल्लीको एक सैनिक अस्पतालमा उपचारार्थ रहनु भएका मुखर्जीको सोमबार साँझ निधन भएको हो । पूर्व राष्ट्रपति मुखर्जीको निधनको जानकारी उहाँका छोरा अभिजित मुखर्जीले दिनु भएको हो । उहाँलाई 2019 मा भारतको सर्वोच्च सम्मान भारत रत्नले सम्मानित गरिएको थियो ।  उहाँले 2012 देखि 2017 सम्म भारतको 13 औं राष्ट्रपतिको रुपमा कार्यकाल सम्हानु भएको थियो। उहाँ भारतीय काँग्रेस पार्टीको वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ 1969 मा उहाँ पहिलो पटक राज्यसभाको सदस्य चयन हुनु भएको थियो । 2004 मा उहाँ पहिलो पटक लोकसभामा सांसद चयन हुनुभएको थियो । उहाँ काँग्रेस सरकारका बेला देशको रक्षा, विदेश र वित्तमन्त्री पनि रहनु भएको थियो । पूर्व राष्ट्रपति मुखर्जीको यसै महिना मष्तिष्कमा भएको क्लटको शल्यक्रिया गरिएको थियो । त्यसपछि उहाँ गहिरो कोमामा जानु भएको थियो । त्यसपछि उहाँको अवस्था बिग्रदै गएको थियो । उहाँको फोक्सोमा संक्रमणका कारण निधन भएको जनाइएको छ ।

उहाँको निधनपछि राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम वेन्कैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, काँग्रेस अध्यक्ष सोनिया गान्धी, नेता राहुल गान्धी लगायत कयौं नेताहरुले शोक व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...