HomeFeatureभारतका श्रमिक नेपालीहरुलाई यथासक्य छिटो स्वदेश भित्र्याउन मूल प्रवाहको माग

भारतका श्रमिक नेपालीहरुलाई यथासक्य छिटो स्वदेश भित्र्याउन मूल प्रवाहको माग

नयाँ दिल्ली । 1 मे 2020

कोरोना भाईरस संक्रमणको डर–त्रास देखाएर नेपाल सरकारले नेपाली श्रमिकहरुलाई अनिश्चित कालसम्म नेपाल प्रवेशका लागि अघोषित रोक लगाएको प्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले घोर आपत्ती प्रकट गरेको छ । विहिबार समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत सो विरोध प्रकट गरिएको हो ।

“लकडाउनका कारणले विश्वको अर्थतन्त्रमा संकट देखापर्न लागेको छ भने श्रमजिवी वर्गको अवस्था अत्यन्तै दयनीय बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानहरुमा होटल, रेस्टुरेन्ट, पार्टी फंशन, क्रेशर, पोल्ट्री फारम, पशुफारम लगायत स–साना उद्योगहरु, पसलहरु (असंगठित क्षेत्रहरु) मा कार्यरत नेपाली कामदारहरूको स्थिति अत्यन्तै दयनीय बन्दै गइरहेको छ ।” प्रेस विज्ञप्तीमा उल्लेख छः “यो अवस्थामा कोरोना भाईरस संक्रमणको डर–त्रास देखाएर नेपाल सरकारले नेपाली श्रमिकहरुलाई अनिश्चित कालसम्म नेपाल प्रवेशका लागि अघोषित रोक लगाएको छ । त्यसरी आफ्ना नागरिहरुलाई बिदेशमा नै रोकेर राख्न कुनै पनि देशले मिल्दैन, त्यसो गर्नु अनुउचित र अमानवीय हुन्छ । आफ्ना नागरिकहरुप्रति नेपाल सरकारको यस प्रकारको रवैयाप्रति आपत्ती प्रकट गर्दछौं ।”

“भारतका विभिन्न राज्यहरूमा रोकिएर रहेका विद्यार्थी एवं घर फर्कन चाहने मजदुरहरुलाई आ–आफ्नो राज्यमा ल्याउने र सम्बन्धित राज्य सरकारले त्यसको व्यवस्थापन गर्ने भारतको केन्द्र सरकारको गृहमन्त्रालयले निर्देशन जारि गरिसकेको छ । विभिन्न स्थानमा रोकिएर रहेका नेपाली मजदुरहरुका बारेमा भने भारत सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन ।” केसीद्वारा सो विज्ञप्तीमा उल्लेख छ– “भारतमा यतिवेला कोरोना संक्रमण बढ्दो छ, त्यसैले मई ३ पछि पनि लकडाउनको अवधि बढ्ने संभावना रहन्छ । लकडाउनको कारणले कैयौं स–साना उद्योग, एवं व्यवसायहरू बन्द हुने अवस्थामा पुगेका छन् ।”

भारतका विभिन्न शहरहरुमा होटल वा असङ्गठित क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूलाई आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गरि यथासक्य छिटो स्वदेश भित्र्याउने बाताबरण मिलाउनु पर्ने आवश्यकता छ र आवश्यकता अनुसार कोरेन्टाइनको व्यवस्था गर्नु पर्ने समेत विज्ञप्तीमा माग गरिएको छ ।

समाजले भारत प्रवाहमा रहेका श्रमजिवी नेपालीहरुको तात्कालिक समस्याहरु समाधानका लागि नेपाल सरकारलाई र नेपाली दूतावास नयाँ दिल्लीलाई इमेल मार्फत माग पठाएको समेत अध्यक्ष केसीले जानकारी गराउनु भएको छ ।

कार्यकर्ताहरुलाई धन्यवाद :–

महामारीको यो विकराल अवस्थामा मूल प्रवाहका विभिन्न स्तरका समितिहरुद्वारा भारतका विभिन्न स्थानहरुमा राहत कार्य गरिएको र राहात कार्यका लागि पहल गर्नु हुने कार्यकर्ताहरु, स्थानीय प्रशासन एवं स्थानीय समाजसेवी संघ संस्थाहरु, समर्थक, शुभचिन्तक सम्पूर्णलाई केन्द्रीय समितिले सोही विज्ञप्ती मार्फत धन्यवाद प्रकट गरिएको छ ।

मई दिवस बारे :–

विश्व स्तरमा फैलिएको कोरोना भाईरस संक्रमणका कारणले गर्दा यो वर्ष मजदुरहरुको महान दिवश “मई दिवस” मनाउन असमर्थ अध्यक्ष केसीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । “जसरी इतिहासमा श्रमजिवी वर्गले १८/२० घण्टा काम गर्नु पर्ने वाध्यतालाई पराजित गरेका थियौं, मानव जाति विरुद्धको कोरोना भाईरसको यो महामारीलाई पनि अवश्य पराजित गर्नेछौं भन्नेमा विश्वस्त छौं ।” केसीले विज्ञप्तीमा विश्वास पूर्वक भन्नु भएको छ– “भौतिक रुपमा तथा प्रत्यक्ष रुपमा सहभागि भएर मनाउन नसकिएता पनि विश्वका सम्पूर्ण श्रमजिवी वर्गको पक्षमा विजय प्राप्त गर्नका लागि ज्यान गुमाउनुभएका अमर शहिदहरुलाई सम्झँदै वर्ग संघर्ष र मजदुर मुक्तिको लागि वर्गविहिन समाजको निर्माण गर्ने बाटोमा अगाडि बढ्न आव्हान गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...