झारखण्ड, 24 अगस्त 2020
भारतको झारखण्ड राज्यमा शारीरिक रुपमा अशक्त एक बालिकामाथि बलात्कार गरि क्रुरतापूर्वक हत्या गरिएको घटना बाहिरीएको छ । गोड्डामा कान सुन्न नसक्ने र बोल्न नसक्ने 13 वर्षीय बालिकामाथि स्कूलमा बलात्कार भएको हो । कक्षा 8 मा अध्ययनरत सो बालिका शनिवार साँझ नलबाट पानी लिन गएकी थिइन । त्यही क्रममा उनको अपहरण गरिएको थियो । यद्धपी परिवारका सदस्यहरुले रातभरि बालिकाको खोजी गरेपनि अर्को दिन बिहान उनको शव सरकारी स्कूल परिसरमा भेटिएको थियो । बालिकाको शरीर र टाउकोमा चोटैचोटको निशानहरु भेटिएको थियो । पुलिसले शवलाई पोस्टमार्टम गर्नका लागि पठाएको छ । पुलिसले घटनालाई गम्भीरतापुर्वक लिएर अनुसन्धान गरिरहेको छ । साथै घटनामा शामेल दोषीहरुलाई कडाभन्दा कडा कारवाही गर्ने जनाएको छ । अर्कोतर्फ घटनाको निन्दा गर्दै राजनितीक दलका नेताहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन ।









































