Homeबिबिध+शिक्षाभारतबाट नेपालका लागि ढुवानी सेवा, आयात निर्यात र भन्सार कार्य

भारतबाट नेपालका लागि ढुवानी सेवा, आयात निर्यात र भन्सार कार्य

गोविन्द पोख्रेल, भैरहवा–रुपन्देही
सडक मार्गबाट सामानहरु ओसार पसार गर्ने माध्यम नै ढुवानीको माध्यम हो, भनीरहनु भन्दा पनि एक ठाउमा जम्मा पारीएका सामानहरु विभिन्न माध्यम अनुसार एक ठाउबाट अर्को ठाउमा पुर्याउनु नै ढुवानी सेवाको कार्य रहेको बुझिन्छ ।
परापूर्व कालको इतिहास हेर्ने हो भने, मानिस आफै नै भरिया बनेर ढुवानीको काम गरेको पाईन्छ । पछि पशुहरुलाई ढुवानीको काममा मानिसले नै प्रयोग गरेको इतिहास छ । बेलगाडा देखि गधा, खच्चर, घोडा र उँटलाई समेत सामान ओसार पसारको काममा लगाएको देखिन्छ ।
विशेष रुपमा ढुवानी सेवाका लागि प्रयोग हुने, विभिन्न खाले साधन र श्रोतहरु जस्तै रेल, ट्रक, हवाई जहाज, पानी जहाजका साथै पाइपलाइनको समेत प्रयोग हुने गरेको पाईन्छ । अर्कोतिर रिक्सा र ठेलाहरुको समेत ढुवानी कार्यका लागि प्रयोजन हुने गरेको सर्वविदितै छ ।
कारखानादेखि उपभोक्ता सम्म उत्पादित बस्तुहरु पुराउन खासै महत्व राख्ने ढुवानी सेवाले देशकै आर्थिक अवस्थालाई माथी उठाउन समेत महत्वपुर्ण भुमिका निर्वाह गरेको पाईन्छ ।
नेपालको सन्दर्भमा हेर्दा दुर्गम पहाडी भेगहरुमा अहिले पनि खच्चरको प्रयोग र मानिसहरुको प्रयोग भैरहेको पाईन्छ । साधन नभएका ठाउमा विरामीलाई समेत स्टेचरहरुको प्रयोग गरि अस्पताल सम्म पुराउनुपर्ने वाध्यता पहाडी भेगहरुमा अझैपनि विधमान रहेको पाईन्छ ।
भारत र नेपालको सन्दर्भमा हेर्ने हो भने, प्राय माथी उल्लेखित ढुवानीको बढि भन्दा बढि मात्रामा प्रयोग भएको पाइन्छ । भारतमा तेस्रो मुलुकहरुबाट बढि मात्रामा कच्चा पदार्थ निर्यात हुने गरेपनि अन्य आवस्यक बस्तुहरु भारतमै उत्पादन हुने गर्दछन । भारतमा ढुवानीको बढि भन्दा बढि माध्यम भनेको रेल मार्ग र सडक मार्ग नै रहेको पाईन्छ ।
भारतबाट नेपालका लागि सामानहरु निकासी–पैठारी गर्ने विभिन्न माध्यम जस्तै हवाइमार्ग, रेल्वे मार्ग र सडक मार्ग मात्र हुन । किनकी नेपाल भू–परिवेष्ठित मुलुक भएका कारण समुन्द्रि मार्गबाट भारत र नेपाल विच व्यापारिक प्रयोजनका सामान लगायतका विभिन्न सामानहरुको आयात निर्यातको काम हुन सक्दैन ।
यसरी हेर्दा भारतको बाटो भएर अन्य मुलुकबाट समेत सामानहरु नेपाल भित्रिने गर्दछन । जापान, कोरिया, दुबई लगायत युरोपियन देशहरुबाट त सामुन्द्रिक मार्ग पश्चात भारत भएरै सामानहरु नेपाल आउने गर्दछन । साथसाथै नेपालको उत्तरी छिमेकमा रहेको चीनबाट नेपाल भित्रिने सामानहरु पनि भारत नै भएर आउनुपर्ने वाध्यात्मक परिस्थिति छ दै छ । कारण के हो ? भने, चीनसँग सिमा जोडिएको नेपालको सम्पूर्ण भू–भाग हिमाली भेग परेकाले नेपाल–चीन सडक मार्ग गर्मि याममा हिउ पग्लने समयमा २ देखि ३ महिनासम्म मात्रै चल्ने र अरु समय सडक अवरुद्ध हुने गरेको पाईन्छ । अर्को कुरा के पनि हो भने, नेपाललाई भारतले मात्रै तिन तिरबाट घेरेको छ ।
भारत गणराज्य र संघिय लोकतान्त्रिक गणराज्य नेपाल विच भएको १९५० को सन्धि मार्फत दुइ देश विचको व्यापार सम्झौता अनुसार दुवै देशमा आयात निर्यातको काम निरन्तर चलिरहेको छ । भारतबाट नेपालका लागि धेरै भन्दा धेरै सामानहरुको निकासी भएपनि नेपालबाट भारतका लागि भने, नगन्य मात्रामा सामानहरु निकासी हुने गरेको पाईन्छ ।
भारतका विभिन्न सहरहरुबाट नेपालमा विशेष रुपमा गाडीहरु लगायत मोटर पार्टस, इन्धन, औषधीहरु, विभिन्न मशनरी सामानहरु, विधुतका सामानहरु, कृषि प्रयोजनका सामानहरु, हार्डवेयरका सामानहरु, कपडाहरु र विभिन्न खाले रसायनहरु निर्यात गरिने गरिन्छ ।
त्यसैगरि नेपालबाट भारतका लागि निर्यातित बस्तुहरुमा जुट, टिनका पाताहरु, विभिन्न खाले कपडाहरु, पोलिस्टर धागाहरु, जुस, कत्था, इलाईची, कपडाका फिताहरु र विभिन्न खाले जडिबुटिहरु पर्दछन ।
अन्य मुलुकहरुको तुलनामा भारतबाट नेपाल भित्रिने सामानहरुको संख्या धेरै रहेको पाईन्छ । चीन लगायत अरु तेस्रो मुलुकबाट नेपालमा खपत हुने सामानहरु मात्र ३० प्रतिशतको संख्यामा रहेको पाइन्छ, भने भारतबाट नेपालका लागि निकासी हुने खाधान्न लगायत जिन्सि ७० प्रतिशतको संख्यामा रहेको पाईन्छ ।
भारत नेपाल जोडिने सिमा नाकाहरुमा नेपाल तर्फबाट बजार गर्न आउनेहरुको समेत लर्को लागेर आउने गरेको पाइन्छ । खासमा चाड पर्वहरुमा हेर्ने हो भने, भारत र नेपालका साना र मझौला सिमा नाकाहरुमा हजारौंको संख्यामा बजार गर्ने नेपालीहरुको लर्को नै लागेर आउने गरेको पाईन्छ ।
भारतको सुनौली अर्थात नेपालको भैरहवा नाका, रक्सौल अर्थात विरगंज जस्ता ठुला–ठुला सिमा नाकाहरुमा त दिनहु जसो नै हजारौंको संख्यामा भारतीय बजारबाट सामान लैजाने नेपालीहरुको ओइरो लागेको पाईन्छ । यस्ता मानिसहरु कतिपय त नितान्त घरकै प्रयोजनको लागि सामान लिने गर्दछन भने कतिपय ब्यापारी प्रयोजनका लागि त कतिपय त क्यारिङ्ग गर्ने र दुइ पैसा कमाउने  काममा लिप्त हुन्छन ।
यसरी हेर्दा ढुवानीदेखी कुरियर कार्गो सम्मका कार्यहरु सम्पन्न गर्ने क्रमका साना देखि ठुला यातायातका साधनहरु प्रयोगमा आएको देखिन्छ । यातायातका साधनहरु मार्फत सामानहरु ओसार पसार गर्ने कार्यले नै ढुवानीको कार्यमा महत्वपूर्ण योगदान पुरयाएको पाइन्छ ।
भारत देखि नेपाल सम्मको ढुवानी कार्य अन्तर्राष्ट्रिय  मापदण्डमा रहि गर्नुपर्ने भएकाले यसमा अन्तरनिहित केहि वैधानिक प्रावधान अनुसारका प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । फलस्वरुप आयात निर्यात शुल्क तिरेर अर्थात भन्सार महशुल बुझाएर भारत भन्सार गराउदै नेपाल भन्सार गरि सामान पास गर्ने प्रक्रिया पुरा गर्नुपर्ने देखिन्छ ।
सामानहरु पास गर्ने प्रक्रियाका लागि भारततर्फ रहेको भारतीय भन्सार कार्यालयबाट जाँच पास गरिसकेको टोकनको आधारमा मात्र सामानहरु नेपाल भन्सार भित्रको गोदाममा ल्याउन सक्ने प्रावधान रहेको छ । ठिक त्यसै गरि नेपाल भन्सार भित्र सामानको चेक जाँच प्रक्रिया पुरा गरिसकेपछि मात्र सामान सम्बन्धित कम्पनी या ठाउमा लैजान पाईन्छ ।
भारत देखि नेपालमा ढुवानी कार्य भन्सार सँग समेत सम्बन्धित रहेको कुरालाई नकार्न सकिदैन । त्यसैले, यो सबै प्रक्रियाका लागि भारततिर पनि र नेपालतिर पनि भन्सार एजेन्टको आवस्यकता पर्ने गर्दछ । भन्सार एजेन्ट एक आर्थिक वर्षका लागि नियुक्ति नै गर्नुपर्ने देखिन्छ । सम्बन्धित कम्पनीले आफ्नो मालसामान भन्सारको आवस्यक प्रक्रिया पुरा गर्नका लागि नियुक्त गरेको एजेन्टले आफ्नो प्राप्त लाईसेन्स प्रयोग गरी सामानहरु पास गराउने गर्दछन ।
यसका लागि ढुवानी कम्पनीमा रहेका सामानहरु नियुक्त गरिएका भन्सार एजेन्टहरुले सामान उठाउने र सबै प्रक्रिया पुरा गरिसकेपछि सम्बन्धित कम्पनीहरुमा अर्थात व्यापारीहरु कहाँ पुर्याउने गर्दछन ।
कतिपय ठुला कम्पनीहरुले भारतीय बजारमा रहेका कारखानामै गाडी लगाउने र सिधै आ–आफ्ना कम्पनीहरुमा गाडीभर सामान ल्याउने पनि गरेका हुन्छन ।
कतिपय राम्रा थोक विक्रेता व्यापारीहरुको सामान कहिले गाडीभर हुन्छ त कहिले काही खुद्राको रुपमा सिमित अदत पनि ढुवानी कम्पनीमा बुक गराउने र ल्याउने अति भन्सारको प्रक्रिया पुरा गरि नेपालको बजारमा प्रतिस्पर्धामा काम गर्ने गर्दछन ।
अन्र्तराष्ट्रिय सिमा नाकाबाट ढुवानी कार्य सजिलो भएपनि भन्सार गर्ने प्रक्रिया अलि झन्झटिलो पनि भएकाले प्राय नेपाली बजारका व्यापारीहरु आफ्नै दुकानमा सामान चाहाने देखिन्छन ।
विगत समयमा खुला सिमानाका कारण चोरी निकासी चरम तरिकाले हुने गरेको भएपनी अहिले आएर केहि हदसम्म रोकिएको देखिन्छ ।

लेखक : देवेन्द्र कुँवरद्वारा संचालित शिवशक्ति रोडलाईन्स, भारत नेपाल ढुवानी सेवा सँग सम्बन्धित व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...