HomeFeatureभारतमा अलपत्र नेपालीलाई नफर्काउने प्रधानमन्त्री ओलीको निर्णय

भारतमा अलपत्र नेपालीलाई नफर्काउने प्रधानमन्त्री ओलीको निर्णय

काठमाण्डौँ, 3 मे 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अलपत्र नेपालीहरूलाई अहिले स्वदेश नफर्काईने बताउनुभएको छ। भारतमा रहेका नेपालीहरूले आफुहरू अलपत्र परेर भोकै मर्ने अवस्था आएकोले नेपाल फर्काउन गुहार गरिरहेका बेला प्रधानमन्त्री ओलीले भारतबाट कोरोना भित्रिने सम्भावना बढि भएकाले अहिले नै नेपालीलाई ल्याउन नसकिने बताउनुभएको हो।

उहाँले भारतमा रहेका नेपालीहरुलाई अहिलेको अवस्थामा स्वदेश ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभयो। आइतबार मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल भएपछि सीमानाकामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले बताउनुभयो।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो। उहाँले लकडाउन कडाइ साथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन पनि दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...