HomeFeatureसेभ द चिल्ड्रेनद्वारा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग

सेभ द चिल्ड्रेनद्वारा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग

काठमाण्डौँ, 3 मे 2020

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। सेभ द चिल्ड्रेनले 1 हजार 743 थान पीपीई सहित एन 95 मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। स्वास्थ्य सामग्रीहरु मध्ये 343 थान पीपीई प्रदेश नम्बर 2 को लागि र 2 सय थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइदिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह समेत गरेको छ। बाँकी 1 हजार 200 थान पीपीई र अन्य स्वास्थ्य सामग्री भने मन्त्रालयले आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने छ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई उपलब्ध गराएको र यसले कोरोना भाइरस महामारी विरुद्ध विजय प्राप्त गर्न आत्मबल बढाएको बताउनुभयो। उहाँले उपलब्ध स्वास्थ्य सामग्रीको पारदर्शी वितरण हुने र तोकिएको ठाउँमा छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त  गर्नुभयो।

कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसालले बताउनुभयो। नेपालमा सेभ द चिल्ड्रेनले विगत 40 वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...