HomeFeatureभारतमा उपचाररत खनालको अस्पतालबाट सम्बोधन

भारतमा उपचाररत खनालको अस्पतालबाट सम्बोधन

काठमाण्डौ, 24 अगस्त 2021

माधव कुमार नेपाल समर्थक नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादी पार्टीको बैठकलाई सम्बोधन गर्नुभएको छ।  बैठकलाई सम्बोधन गर्दै भारतको नयाँ दिल्लीमा उपचाररत नेता खनालले नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै पार्टीलाई अनुशासितएक ढिक्का र सामूहिक ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ।   उहाँले चन्द्रागिरि रिसोर्टमा जारी सो पार्टीको केन्द्रीय समिति बैठकलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गर्नु भएको हो। खनालले नयाँ क्रान्तिकारी पार्टी अघि बढाउन ठुलो चुनौतीसंगै सम्भावना पनि रहेको बताउनुभयो। खनालले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवाद नबिर्सिएको भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्त्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताउनुभयो। अस्पतालबाट बोल्दै खनालले नेपालमा रहेका नेताहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव पनि दिनुभएको छ। खनालले पहिला पार्टी दर्ता गर्नुपर्ने र त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्ने पर्ने पनि सुझाव दिनुभयो। हाँले दक्षिणपन्थी अवसरवादमाथि दरिलो हमला गर्नुपर्ने भन्दै त्यति नै क्रान्तिकारी मार्क्सवादको विकास गर्न सकिने बताउनुभएको छ। आफूहरूसँग सशक्त वैचारिक क्रान्तिकारी शक्ति निर्माण गर्नसक्ने क्षमता रहेको भन्दै त्यो शक्तिले ठुलो परिवर्तनको महसुस गर्न सकिने खनालको भनाई छ। नयाँ दिल्लीमा उपचाररत नेता खनालले जनवादी क्रान्ति पुरा गरिसकेको भन्दै जबजको युग सकिएको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...