नयाँ दिल्ली, 9 मार्च
भारतमा कोरोना भाईरसका कारण अहिलेसम्म 43 जना संक्रमित भएको पुष्टी भएको छ। भाईरस संक्रमणका 4 वटा नयाँ घटना प्रकाशमा आएपछि संक्रमित हुनेको संख्या 43 पुगेको हो। आज नयाँ दिल्लीमा पत्रकारहरुसित कुरा गर्दै स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालयका विशेष सचिव संजीव कुमारले केरल, दिल्ली, जम्मू र उत्तरप्रदेशमा 4 नयाँ संक्रमणको पुष्टी भएको बताउनुभयो । 4 दना मध्ये 3 जना इटली र 1 जना ईरानबाट आएका हुन । उहाँले अहिलेसम्म 8 हजार 2 सय 55 विमानबाच आएका 8 लाख 74 हजार भन्दा धेरै यात्रुको स्क्रीनिङ गरिएको र 1 हजार 9 सय 21 जनामा कोरोनाको लक्षण भेटिएको बताउनुभयो ।
उहाँले 170 जनालाई अस्पतालमा भर्ना गरिएको र 33 हजार 5 सय 99 मानिसहरुलाई निगरानीमा राखिएको जानकारी दिनुभयो । उहाँले मानिसहरुले आफ्नो यात्रा विवरण नबताउनु चिन्ताको विषय भएको भन्दै भाइरसको प्रकोपसँग लड्न आफ्नो यात्राको विवरण बताउन आग्रह गर्नुभयो । उहाँले देशमा अहिलेसम्म कोरोना भाईरसका कारण कसैको मृत्यु भएको खबर नभएको बताउनुभयो ।









































