HomeFeatureभारतमा नेपालीहरुलाई रगत अभाव हुन नदिन रक्तदाता संघ गठन, एलपी पाण्डेको नेतृत्वमा...

भारतमा नेपालीहरुलाई रगत अभाव हुन नदिन रक्तदाता संघ गठन, एलपी पाण्डेको नेतृत्वमा 13 सदस्यीय कार्यसमिति

नयाँ दिल्ली, 18 जुलाई 2020

भारतमा रगतको अभावमा कुनै नेपालीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले नेपाली रक्तदाता संघ गठन भएको छ । शनिबार भारतका विभिन्न राज्यबाट सहभागी नेपालीहरुको उपस्थितिमा सम्पन्न भर्चुअल भेलाले लक्ष्मणप्रसाद पाण्डे (एलपी पाण्डे) को अध्यक्षतामा 13 सदस्यीय कार्य समिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा गङ्गाप्रसाद भट्टराई, सचिवमा प्रतिक तिमिल्सिना, सह-सचिवमा नविन जोशी, कोषाध्यक्षमा जनक ढकाल, मिडीया संयोजक पुष्पराज रोकाया र सदस्यहरुमा दुर्गा आचार्य, जीवन कुमार बीसी, रूप ठकुल्ला, कमला थापा, लोकेश ढुङ्गाना, कुशेश्वर सिंह र कविता बुढा निर्वाचित भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा, सचिव राहुल रेग्मी, केन्द्रिय सदस्य केदार तिमिल्सिना र प्रशान्त उप्रेतीलगायत सामाजिक सेवामा सक्रीय नागेन्द्र प्रसाद जोशी र अर्जुन बोगटीको समेत उपस्थिती रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष समेत रहेका प्रमुख अतिथी अजय सत्यालले विश्वभर छरिएर रहेका नेपाली रक्तदाताहरुलाई संगठित गर्दै नेपालको हितमा संगठनले कार्य गरिरहेको जानकारी दिनुभयो । भर्चुअल प्रणाली मार्फत सम्पन्न भएको उक्त कार्यक्रमको संचालन केन्द्रिय सचिव राहुल रेग्मीले गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागिहरुले भारतमा रहेका नेपाली नागरिकहरुका लागि रक्तदान गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता ब्यक्त गरेका थिए भने कार्यक्रमको अन्तिममा सम्पुर्ण सहभागिले नव गठित कार्यसमितिका पदाधिकारिहरुलाई विभिन्न किसिमका सुझाव सहित सफल कार्यकालका लागि शुभकामना समेत ब्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) सन २०१४ मा अमेरिकाको कानुन अनुसार बिधिवत रुपमा दर्ता भई स्थापना गरिएको एक गैर-धार्मिक, गैर-राजनीतिक र गैर-नाफामुलक संस्था हो । यस संस्थाले विश्व का २५ भन्दा बढी देशहरूमा आफ्नो संजाल फैलाएको छ भने अन्य मुलुकहरुमा पनि शाखा  गठन गर्ने प्रकृया जारी रहेको छ । नेपाली रक्तदाता संघ भारतले पनि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको शाखाको रुपमा कार्य गर्नेछ ।

यस संस्थाको मुख्य उद्देश्य भनेको विश्वमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्दै नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय समितिहरू स्थापना गरेर सहयोग पुर्याउने र रक्तदानको महत्वका बारेमा चेतना जगाउँदै नियमित रक्तदाताहरुको संख्या बढाउन सहयोग गर्ने साथै नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने विभिन्न एजेन्सीहरुको सहयोगमा नेपाली समुदाय स्तरमा सेवा गर्ने हो ।

नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रवृत्तिलाई पुर्ण स्वयंमसेवा रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवा रक्तदान अभियानमा समर्पित ब्यक्ति तथा संस्थाहरुसँग एकबद्ध हुँदै रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने/गराउने उद्देश्य यस संस्थाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...