HomeFeatureभारतमा यस्तो छ, कोरोना संक्रमणको स्थिति, आधाभन्दा धेरै संक्रमित सञ्चो हुँदै

भारतमा यस्तो छ, कोरोना संक्रमणको स्थिति, आधाभन्दा धेरै संक्रमित सञ्चो हुँदै

नयाँ दिल्ली, 15 जुन 2020

भारतमा कोभिड-19 बाट निको हुने विरामीहरुको दर 51.07 प्रतिशत भएको छ । भारतमा अहिले सम्म 1 लाख 69 हजार 798 कोरोना संक्रमितहरु उपचारपछि सञ्चो भएका छन । पछिल्लो एक दिनमा मात्रै 7 हजार 414 रोगीहरु निको भएका छन । वर्तमान समयमा 1 लाख 53 हजार 106 संक्रमित रोगीहरुको उपचार चलिरहेको छ । स्वस्थ्य एंव परिवार कल्यण मन्त्रालयले पछिल्लो 24 घण्टामा देशमा 11 हजार 502 नयाँ कोरोना संक्रमित थपिएको भनेको छ । अहिलेसम्म संक्रमित हुनेहरुको संख्या 3 लाख 32 हजार 424 पुगेको छ । पछिल्लो 24 घण्टामा 325 जनाको यस भाईरसबाट ज्यान जाँदा कूल ज्यान गुमाउनेको संख्या 9 हजार 520 पुगेको छ । देशको मृत्युदर भने 2.86 प्रतिशत छ ।

अर्को तर्फ भारतीय चिकित्सा अनुसन्धान परिषदले पछिल्लो 24 घण्टामा कोभिड 19 का 1 लाख 15 हजार 519 जनाको नमूना परीक्षण भएको भनेको छ । योसँगो अहिलेसम्म देशका विभिन्न प्रयोगशालाहरुमा 57 लाख74 हजार 133 परीक्षण भइसकेका छन । ICMR ले सरकारी र निजी प्रयोगशालाहरुलाई कोभिड 19 को परीक्षण अनुमति प्रदान गर्दै आफ्नो परीक्षण क्षमता पनि निरन्तर रुपमा बढ़ाईरहेको छ । अहिलेसम्म नमूना परिक्षणका लागि 633 वटा सरकारी प्रयोगशालाहरु र 248 निजी प्रयोगशालाहरुलाई अनुमति प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...