HomeFeatureभारतमा लकडाउन खुुकुलो भएर रेल सेवासमेत सञ्चालनमा आएपछि नेपालीहरू विभिन्न नाका भएर...

भारतमा लकडाउन खुुकुलो भएर रेल सेवासमेत सञ्चालनमा आएपछि नेपालीहरू विभिन्न नाका भएर फर्किदै

बाँके, 13 मई 2020/ हिम शाह

भारतले लकडाउन खुकुलो गर्दै फर्किन चाहनेहरूका लागि रेल सेवासमेत सञ्चालनमा ल्याएपछि नेपालीहरू बाँकेका विभिन्न नाका हुँदै फर्किन थालेका छन्। त्यसक्रममा मंगलबार मात्रै डुडुवा नाकाबाट 29 जना नेपाली फर्किएका छन्। उनीहरु वडा नं. 3 हलबलडोलीका नेपाली हुन्। भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएका उनिहरु सीमानामा पुगेपछि आफन्तहरू पुगेर ल्याएका थिए। उनीहरुलाई वडा नं. 3 स्थित श्रीमावि डुडुवामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको डुडुवा गाउँपालिका नेकपा अध्यक्ष सकिल खानले जानकारी दिएका छन्।

त्यस्तै, नरैनापुर गाउँपालिकासँग जोडिएको भारतीय नाकाबाट ठूलो संख्यामा नेपालीहरु फर्किएका छन्। नरैनापुर-4 का उनिहरु मुम्बई, कानपुर र दिल्लीबाट फर्किएका हुन्। उनिहरुलाई पनि स्थानीय क्वारेन्टिनमा राख्न लागिएको बताइएको छ। मंगलबार सयौंको संख्यामा भित्रिएका नेपालीलाई स्थानीय विद्यालयमा क्वारेन्टिन गरेर राख्ने काम भैरहेको र भारतबाट नेपाली आउने क्रम जारी रहेको हाम्रा संवाददाता हिम शाहले बताउनुभयो।

भारतको नानपारा र बहराइचका क्वारेन्टिन रहेका 5 सय बढी नेपालीलाई फर्काउन भारतीय अधिकारीहरुले बाँके प्रशासनसँग औपचारिक रूपमै पहल गरिरहेको छ। ‘हामी नेपालीलाई कसरी ल्याउने भन्ने केन्द्रको निर्णय पर्खिरहेका छौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...