HomeFeatureभारतसँग सीमा जोडिएका डडेल्धुराका दुई नाका बन्द गरिँदै

भारतसँग सीमा जोडिएका डडेल्धुराका दुई नाका बन्द गरिँदै

डडेल्धुरा, १६ मार्च, २०२०
भारतसँग सीमा जोडिएका दुई नाका बन्द गरिने भएको छ । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाका चैत ४ गतेदेखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए । उनले भने, ‘हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभाव देखिएकाले तत्कालका लागि नगरपालिकाअन्तर्गत रहेका दुईवटै नाका हाललाई बन्द गर्ने निर्णय गरिएको हो।’ विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै सूचना जारी गरी अनिश्चित कालका लागि परशुराम नगरपालिका- ५ को बाङघाट र परशुराम नगरपालिका-६ को सिसमजालाघाट पूर्ण रुपमा बन्द गरिने परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमित मानिस यो नाकाहरुबाट आउला न आउला, तर सतर्कताका लागि चैत ४ गतेदेखि केही समयका लागि तारउतारघाट बन्द गरिनेछ।’ परशुराम नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र सरोकारवालाहरुको संयुक्त अनुगमन पश्चात नाका बन्द गर्ने निर्णय गरिएकोसमेत नगरप्रमुख साउदले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...