धनगढी, 15 मई 2020/ हिम शाह
भारतको सीमावर्ती क्षेत्र क्वारेन्टिनमा रहेका नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ। कैलालीको सीमावर्ती भारतीय शहर पलियामा डेढ महिना बढी क्वारेन्टिनमा बसेका उनिहरुका लागि आज जन्मभूमीको ढोका खुलेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनिहरुलाई नेपाल फर्काइसके पछि पनि क्वारेन्टिनमा राखिने छ।
कैलाली घर भएकाहरुलाई आज स्थानीय तहमा पठाउने तयारी छ, भने अन्य जिल्लाका नेपालीहरुलाई आज कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिने छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले नेपालीहरुको सीमामै ऱ्यापिड टेस्ट समेत भईरहेको जानकारी दिनुभयो।
उनका अनुसार पलियामा कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, डोटी र दैलेखका गरी 480 जना क्वारेन्टिनमा रहेका थिए। धनगढीमा रहेका भारतीयहरुलाई पनि आज भारत पठाउने तयारी भईरहेको छ।









































