नयाँदिल्ली, ६ मार्च, २०२०
भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका लागि आफ्नो कार्यकार सम्हालेका छन् । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाण पत्र पेश गरेर कार्यकार सम्हालेका हुन् ।
क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।यसैवीच, राजदूत क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका छन् ।नेपाल र भारतवीचको सम्बन्ध सुधार भइरहेका बेला क्वात्राले आफ्नो कार्यभार शुरु गरेका छन् ।









































