HomeFeatureभारतीय विदेश सचिव भन्छनः नेपाल भारतको सम्बन्ध जस्तो सुकै प्रतिकुल अवस्थामा पनि...

भारतीय विदेश सचिव भन्छनः नेपाल भारतको सम्बन्ध जस्तो सुकै प्रतिकुल अवस्थामा पनि विग्रिएको छैन

नेपाल भारतको सम्बन्ध प्रतिकुल अवस्थामा पनि बिग्रिएन

कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने भारतको प्रतिवद्धता

काठमाण्डौं, 26 नोभेम्बर 2020

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नविग्रिएको दावी गर्नुभयो । कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बनध सम्भयतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकुल अवस्थामा पनि यो विग्रिएको छैन् । कोरोना महामारीमा पनि हामीले छोडेनाौं । ’’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उहाँले बताउनुभयो ।

सचिव श्रृङ्गलाले आज सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो । यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गर्नुभएको छ । विदेशसचिव श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा आलीसँग पनि शिष्टाचार भेट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...