HomeFeatureभारत कोभिड - 19 को विश्व सूचिको दोस्रो स्थानमा, अमेरिका पहिलो र...

भारत कोभिड – 19 को विश्व सूचिको दोस्रो स्थानमा, अमेरिका पहिलो र ब्राजिल तेस्रो

नयाँ दिल्ली, 6 सेप्टेम्बर                                          कोरोना महामारी संक्रमितको विश्व सूचिमा भारत दोस्रो स्थानमा आएको छ । भारतले आज ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा पुगेको हो । भारतमा अहिले 41 लाख 96 हजारभन्दा धेरै मानिसहरू कोरोनाले संक्रमित भएका छन भने अहिलेसम्म 71 हजार 739 जनाको मृत्यु भएको छ । आजसम्म 32 लाख 40 हजार 927 जना कोरोना संक्रमित निको भएका छन । अहिले भारतमा केवल 8 लाख 83 हजार 415 कोरोना संक्रमितको उपचार चलिरहेको छ । अन्य देशको तुलनामा भारतमा कोरोना भाइरसबाट हुने मृत्युदर निकै कम छ । सूचिको पहिलो स्थानमा रहेको अमेरिकामा अहिलेसम्म 64 लाख 40 हजार 8 सयभन्दा धेरै मानिसहरु कोरोनाले संक्रमित भएका छन भने 1 लाख 92 हजार 956 जनाको ज्यान गएको छ । अमेरिकामा 37 लाख 8 हजार 171 जना कोरोना संक्रमित निको भइसकेका छन भने 25 लाख 39 हजार 689 कोरोनाका मामिला सक्रीय छन । अमेरिकापछि भारत र भारतपछि तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा 41 लाख 23 हजार मानिसहरु कोरोना संक्रमित भएका छन । ब्राजिलमा भारतभन्दा धेरै मानिसहरूको ज्यान गएको छ । त्यहाँ 1 लाख 26 हजार 266 जनाको कोरोनाका कारण ज्यान गएको छ । ब्राजिलमा अहिलेसम्म 32 लाख 96 हजार 702 जना निको भएका छन भने त्यहाँ अहिले पनि 7 लाख मानिसहरुको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...