HomeFeatureभारत भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, के-के हुनेछ भ्रमणमा, सबैको नजर भ्रमणमा

भारत भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, के-के हुनेछ भ्रमणमा, सबैको नजर भ्रमणमा

नयाँ दिल्ली, 14 जनवरी 2021

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली 3 दिने भारत भ्रमणका लागि आज दिल्ली पुग्नु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली आउनु भएको हो । उहाँ आजदिल्ली पुगेपनि संयुक्त आयोगको बैठक भोलीदेखि शुरु हुनेछ ।  आज प्रवासी नेपाली संगठनका प्रतिनिधिहरुसित भेटघाट हुने अनुमान गरिएको छ । भोलीदेखि हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायत कोरोना खोप खरिद गर्ने विषयमा पनि छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयले आजै एक विज्ञप्ति निकालेर संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुने जनाएको थियो । त्यस्तै, कोभिड विरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे पनि छलफल हुने बताएको छ। भारतले आफ्नो देशमा शनिवारदेखि कोभिड खोप अभियान शुरु गर्दैछ । त्यसका लागि उच्च सुरक्षाका बिच कोभिड खोपहरु देशका विभिन्न भागमा पुऱ्याउने काम अन्तिम चरणमा छ ।

भोली हुने संयुक्त आयोगको बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख यज्ञबहादुर हमालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुनेछ।

तीनदिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग पनि छलफल गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई सन्देश सुनाउने बताइएको छ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति मार्फत प्रतिनिधिसभा विगठन गरि नयाँ चुनावको घोषणा गरेपछि राजनीतिक माहोल तातेका बेला भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यो भ्रमणमा परराष्ट्रमन्त्रीको राजनीतिक भेटघाट को-कोसँग हुन्छ भन्नेमा सबैको नजर रहिरहेको छ ।  मन्त्री ज्ञवाली ३ माघमा स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...