HomeFeatureभारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनद्वारा सीमा...

भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनद्वारा सीमा सुरक्षा कानुन पारित

25 अक्तूबर 2021

भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले सीमा सुरक्षा मजबुत पार्ने कानुन पारित गरेको छ । शनिबार नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमा पार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न अनुमति दिएको छ । यस कानुनले सीमा क्षेत्र नजिक ड्रोन उडाउन पनि निषेध गरेको छ । चीनले सीमाको उक्त कानुन अनुसार आफ्नो तर्फको क्षेत्रमा यातायात,  संचार र रक्षासङ्ग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ । कुनै पनि संगठन या व्यक्तिले बिना स्वीकृति स्थायी संरचना बनाउन पाउने छैनन् । तर, उक्त कानुनले कुनकुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन । विवादित सीमा क्षेत्रमा चीन र भारतले सडक एवं सैन्य सुविधाको निर्माणलाई लिएर गत वर्षको जुनमा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको घातक मुठभेडपछी दुई देशबीच उत्पन्न गतिरोध लामो समयदेखी कायमै रहेको छ ।  हालै सम्पन्न सैनिक स्तरीय सीमा वार्ता पनि विवाद समाधान गर्न सफल भएन । दुवै देशले सीमा क्षेत्रमा सैन्य उपस्थिति कायमै राखेका छन् । यसै सन्दर्भमा यो विधेयक आएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...