HomeFeatureभिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न श्रममन्त्रीको...

भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न श्रममन्त्रीको चेतावनी

काठमाडौं, 27 जनवरी 2022

श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिनुभएको छ । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उहाले भिजिट भिसामा कामका लागि दुबइ पुराउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गर्नुभयो । भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उहाले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभयो । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उहाले जानकारी दिनुभयो । उहाले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताउनुभयो । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उहाले स्पष्ट पार्नुभयो । त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...