HomeFeatureभूमिगत विप्लव समूहसँग वार्ता गर्न टोली गठन, प्रतिवन्ध हटाउने र हतियार बिसाउन...

भूमिगत विप्लव समूहसँग वार्ता गर्न टोली गठन, प्रतिवन्ध हटाउने र हतियार बिसाउन लगाईने

काठमाण्डौ, 2 मार्च 2021

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरिएको बताउनुभयो । वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको उहाँले जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले सबै ससस्त्र समूह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोणको आधारमा वार्ता टोली गठन गरिएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ताद्धारा समस्या समाधान गर्न माननीय गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीज्यूका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनेगरी दुई सदस्यीय वार्ता टोली गठन गरिएको व्यहोरा यहाँहरुका बिचमा प्रेस वक्तव्य मार्फत यहाँहरुलाई सार्वजनिक गर्न चाहान्छु । अत्यन्तै छिट्टै नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ताको प्रक्रिया अगाडी बढाउनेछ । आशा छ, नेपाल सरकारले यो वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौँ । सबै ससस्त्र समुह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने काममा नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ । त्यही दृष्टिकोणको आधारमा पनि आजको यो वार्ता टोली गठन भएको सार्वजनिक गर्दछ ।

मन्त्री गुरुङले विप्लव समुहलाई लगाइएको प्रतिवन्ध, हतियार बिसाउने तथा नेता कार्यकर्तालाई लागेको मुद्धाको विषयमा वार्ताबाटै समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...