दिल्ली, 25 जनवरी 2022
नेपालका राजनेताहरुले भ्रष्टाचारलाई काबूमा गरेको जति ढोल पीटे पनि अवस्था ठिक्क नेताको भनाई विपरीत देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था यथावत छ । नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था यथावत छ गत वर्षको जस्तै नेपाल सुशासनमा ११७औं स्थानमा देखिएको छ । उता मित्र राष्ट्र भारत भने यो मामिलामा 85औं वा स्थानमा रहेको छ। रिपोर्टअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुमध्येमा ३३ अंक पाएर ११७ औं स्थानमा परेको हो । १८० देशको अवस्था अध्ययन गरिएको थियो । नेपाल गत वर्ष पनि ३३ अंक पाएर र ११७ औं स्थानमा नै रहेको थियो, यो वर्ष पनि सुधार नदेखिएको हो । नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको स्थानमा परेको छ । यसैगरी डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् नेपाल १०० अंकमा ३३ अंक लिएर मध्यम भ्रष्टाचार हुने मुलुकको सूचिमा रहेको हो ।









































