HomeFeatureभ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

काठमाण्डौ, 22 सेप्टेम्बर 2020

नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक रहेको बताएको छ । कानून समाजले ‘भ्रष्टाचार निवारण ऐन, २०५९ -पहिलो संशोधन-’ विधेयकमा निर्वाचन प्रणाली र राजनीतिक नियुक्तिहरु पारदर्शी बनाउने विषय उल्लेख गर्नुपर्ने सुझाव संसदीय समितिलाई दिएको छ। भ्रष्टाचारको मूख्य जड निर्वाचन प्रणाली भएकाले त्यसमा परिमार्जन गर्नुपर्ने सुझाव विधायन व्यवस्थापन समितिलाई दिइएको कानून समाजका सदस्य खिमलाल देवकोटाले बताउनुभयो। निर्वाचनमा खर्च गर्न नपाउने, उम्मेदवार बन्दा दलले रकम असुल गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने, दलगत आर्थिक सहयोग गर्ने व्यवस्था र सम्पूर्ण कारोबार बैंक मार्फत मात्र गर्ने व्यवस्था गर्नुपर्ने सुझाव समितिलाई दिइएको उहाँले बताउनुभयो । भ्रष्टाचारीले राजनीतिक र प्रशासनिक संरक्षण खोज्ने गरेका कारण पनि नियन्त्रणमा समस्या रहेको उल्लेख गर्दै उहाँले राजनीतिक र कर्मचारीतन्त्रबाट संरक्षण प्राप्त गर्न नसक्ने व्यवस्था गर्नु उपयुक्त हुने बताउनुभयो ।

कानून समाजले राजनीतिक, प्रशासनिक र नीजि क्षेत्रको गठबन्धनलाई निष्तेज पार्ने कानूनी व्यवस्था गर्दै अनुचित कामलाई उचित बनाउने पद्दती समेत निरुत्साहित गर्न आवश्यक रहेको बताएको छ । संवैधानिक नियुक्ति गर्दा कम्तिमा दुई वर्ष कुलिङ अवधि राखेर मात्रै गर्नुपर्ने आवश्यक रहेको छ । कानूनी दण्डले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने भएकाले सामाजिक बहिस्कार जस्ता अभियान समेत सञ्चालन गर्न आवश्यक रहेको सुझाव कानून समाजले दिएको छ । कानून समाजले नीति क्षेत्रमा अख्तियारको प्रवेशले लगानीमा असर गर्नेतर्फ पनि ध्यान दिन सुझाव दिएको छ । यस्तै पदमा बहाल हुँदा र पदबाट हटेपछि तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने अमिल्दो सम्पत्ति देखिएमा भ्रष्टाचारमा कारवाही चलाउन पाउने कानून आवश्यक रहेको सुझाव कानून समाजले दिएको छ । स्टिङ अपरेशनका माध्यमबाट कर्मचारीलाई फसाउने पद्धतीकोविकास भएकाले त्यसका अन्त्य गर्दै नीतिगत तहमा हुने भ्रष्टाचारको नियन्त्रण गर्ने सम्बन्धमा परिवक्व कानून बनाउनु आवश्यक रहेको पनि कानून समाजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...