HomeFeatureमंसिर १७ गतेदेखि पौष २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने

मंसिर १७ गतेदेखि पौष २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, 28 नवम्बर 2021

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मंसिर १७ गतेदेखि पौष २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मंसिर १७ गते देखि पौष २ गतेसम्म नामावली संकलन कार्यक्रम गर्ने जानकारी दिएको हो । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले पहिलो चरणमा पालिकाको केन्द्रमा नामावली संकलन गरिने बताउनुभयो । उहाँले मंसिर १७ गतेदेखि पौष २ गतेसम्म दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका,चन्द्रागिरी नगरपालिका,नागार्जुन नगरपालिका र तारकेश्वर नगसपालिकामा मतदाता नामावली संकलन गरिने जानकारी दिनुभयो । पौष ४ गते देखि पौष १८ गतेसम्म टोखा न.पा., बुढानिलकण्ठ न.पा., गोकर्णेश्वर न.पा. र कागेश्वरी मनोहरा न.पा.मा दोस्रो चरणमा नामावली संकलन गरिने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नामावली संकलन कार्यमा आवश्यक शान्तिसुरक्षाको प्रवन्ध गरिने बताउदै १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली संकलन गरिने हुदाँ सबैलाई सहयोग गरिदन आग्रह गर्नुभयो । हाल जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय साँखुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भईरहको छ । २०७७ साल पौष ५ गतेसम्म देशभर कूल १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता रहेका छन् भने काठमाडौं जिल्लामा ६ लाख १३ हजार ४ सय ९७ मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...