काठमाडौं, 7 फरवरी 2022
मदिरा सेवन गरेर अन्धाधुन्दा खुकुरी चलाएर दुई जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ का विजय तामाङ छन्। खुकुरी प्रहार गरी उनले सोही ठाउँका ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी चौकी लामोसाँघुबाट सई, इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट इन्सपेक्टर र जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा हत्या गरेर उनी करिब २ किलोमिटर टाढाको कुलबाध सामुदायिक जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।









































