HomeFeatureमनकामना र गोरखकाली मन्दिर खुल्ने तयारी

मनकामना र गोरखकाली मन्दिर खुल्ने तयारी

गोरखा, 6 सितम्बर, 2021  

कोरोना भाइरस संक्रमणका कारण बन्द भएको गोरखाको मनकामना र गोरखकाली मन्दिर खुला गरिने भएको छ। भदौ २३ गतेदेखि भक्तजनका लागि मनकामना र गोरखकाली मन्दिर खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाअर्चना गर्न पाउनेछन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो । बढी भीडभाड हुने मनकामना मन्दिरमा भने ढोका बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड तयार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जनाएका छन।‘भक्तजनले ल्याउनुभएको पूजाका सामग्री मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुर्‍याइदिनुहुन्छ, ‘उहाँहरुले चाहिं बाहिरैबाट दर्शन गर्नुहुनेछ ।’ मन्दिर दर्शनका लागि लाइनमा बस्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने बताउनु भयो । सामाजिक दुरी, मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । मन्दिर परिसरमा साबुनपानीले हात धुने ठाउँको व्यवस्था गर्नुपर्ने, मन्दिरका पुजारी, कर्मचारी र सुरक्षाकर्मीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने र आवश्यकताको आधारमा फेसशिल्ड पनि प्रयोग गर्नुपर्ने निमित्त प्रजिअ भण्डारीले जनाए ।‘मन्दिरका पुजारी, कर्मचारी, मनकामना क्षेत्र विकास समितिका कर्मचारी तथा सहयोगी स्वयंसेवकहरुको नियमित ज्वरो नाप्न, रुघाखोकी लागे नलागेको सूचना लिन र त्यस्तो पाइएमा काममा सहभागी नगराउन भनेका छौं,’ उनले भने । जिल्लाका अन्य धार्मिक स्थलहरुमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूजाअर्चना गर्न भनिएको छ ।कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १६ गतेदेखि सर्वसाधारणलाई मन्दिरमा पूजाआजा गर्नका लागि रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...