HomeFeatureमहन्थ ठाकुरद्वारा ओलीलाई धन्यवाद, देउवालाई ध्यानाकर्षण

महन्थ ठाकुरद्वारा ओलीलाई धन्यवाद, देउवालाई ध्यानाकर्षण

काठमाण्डौ, 20 जुलाई 2021

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको केन्द्रीय कमिटीको बैठकले आफ्नो मुद्दा समर्थनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। सो पक्षको साउन २ देखि ५ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि जारी वक्तव्यमा आफ्नो मुद्दाको सम्बोधन गर्ने प्रतिबद्धता पाएपछि देउवालाई विश्वासको मत दिएको उल्लेख छ। ‘सर्वोच्च अदालतको फैसला बमोजिम मिति २०७८-४-३ गते शेरबहादुर देउवाद्वारा प्रतिनिधि सभामा विश्वासको मत लिनलाई औपचारिक रुपमा पत्राचार गरिएको अवस्थामा जसपा नेपालले विगत देखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरुसँग सम्बन्धित माग मुद्दाहरुको साथै राजनितिक अडानहरु – संविधानलाई सर्व स्वीकार्य बनाउन संविधान संशोधन, नेता/कार्यकर्ताहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्याको समाधान, स्थानीय तहको जनसंख्याको अनुपातमा पुनर्संरचना, संविधानमा शिल्पी, खसको पहिचान कायम गर्ने लगायतको समस्याहरुको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो। तसर्थ उक्त माग मुद्दाहरुको सम्बोधनार्थ सम्माननीय प्रधानमन्त्रीजीलाई ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको छ’, वक्तव्यमा भनिएको छ। बैठकले अघिल्लो सरकारद्वारा आफ्नो माग मुद्दाहरु समाधानको लागि गरिएको सकारात्मक पहल स्वरुप केही झुठा मुद्दाहरु फिर्ता, नागरिकता सम्बन्धी अध्यादेश जारी, संविधान संशोधन सम्बन्धी कार्यदलको गठन लगायतको कार्यको लागि निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई धन्यवाद दिने समेत निर्णय गरेको छ। त्यस्तै, बैठकले सम्पूर्ण नेपाली जनताको लागि तत्काल अनिवार्य निःशुल्क कोरोनाको खोपको व्यवस्था गर्नुको साथै कोरोना महामारीबाट ज्यान गुमाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुको साथै गरिबी रेखामुनि रहेका नागरिकहरुको लागि समेत आर्थिक राहतको प्याकेज घोषणा गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...