HomeFeatureमहाकाली पारी भारतीय क्‍वारेन्टािनमा रहेका नेपाली मजदुरहरूलाई स्वदेश ल्याउन सहमति

महाकाली पारी भारतीय क्‍वारेन्टािनमा रहेका नेपाली मजदुरहरूलाई स्वदेश ल्याउन सहमति

बैतडी, 16 अप्रेल/ हिम शाह

महाकाली पारी भारतीय क्‍वारेन्टािनमा रहेका नेपाली मजदुरलाई स्वदेश ल्याउन सहमति भएको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट र दार्चुलासँग सीमा जोडिएको धार्चुलाका क्‍वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई स्वदेश ल्याउन स्थानीयस्तरमा सहमति भएको हो। भारतीय क्‍वारेन्टिनमा 1 हजार बढी नेपाली मजदुर छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्ला स्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।नेपाल सरकारले निर्णय गरे लगत्तै मजदुरहरुलाई स्वदेश ल्याउने निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो।

यसका साथै बैतडीमा जिल्ला स्तरीय क्‍वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ। नेपाल सरकारको क्‍वारेन्टाइन कार्यविधि 2076 बमोजिम सदरमुकामस्थित दशरथचन्द नगरपालिका र आवश्यकताअनुसार अन्य स्थानीय तहहरुमा पनि क्‍वारेन्टिन निर्माण गर्ने निर्णय भएको हो। सीमापारि रहेका नेपाली मजदुरहरुलाई स्वदेश फर्काउनुअघि मापदण्ड अनुसारका क्‍वारेन्टिन निर्माण गर्ने र नेपाल सरकारले निर्णयगरे लगत्तै मजदुरहरुलाई स्वदेश ल्याउने बताइएको छ।

सीमा नाकामा आइपुगेका नेपालीलाई स्वदेश ल्याएर सुरक्षितसँग जिल्लाका क्‍वारेन्टाइनमा राखेर स्वास्थ्य जाँचका सबै प्रक्रिया पूरा गर्ने निर्णय पनि भएको छ। प्रदेशसभा सदस्य प्रेम प्रकाश भट्टको समेत उपस्थिति रहेको बैठकले बजार क्षेत्रमा कीटनाशक औषधि छर्कने कार्यलाई निरन्तरता दिने निर्णय भएको छ। बैठकमा जिल्लाका 10 ओटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको समेत सहभागिता रहेको थियो।

महाकालीमा ट्युबमार्फत अवैध रुपमा नेपाल प्रवेश नरोकिएपछि भारतसँगको सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। बैतडीका 6 ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको हो। अवैध सीमा वारपार रोक्न 6 ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर 51 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो। कोरोना रोकथाम तथा नियन्त्रण प्रयासस्वरुप विभिन्न घाटहरुमा सशस्त्र प्रहरी परिचालन गरिएका हुन्।

शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वरकै विनायक घाट र पञ्चेश्वरको रोडीदेवलमा सशस्त्र प्रहरी खटिएका छन्। यस्तै दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरी खटिएका छन्। तत्काललाई अस्थायी चेक पोस्ट राखेर सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...