HomeFeatureमहानगरको टोल-टोलमा गएर स्वाव संलकन गर्ने कामले स्थानीयहरू खुशी

महानगरको टोल-टोलमा गएर स्वाव संलकन गर्ने कामले स्थानीयहरू खुशी

काठमाण्डौ, 25 नोवेम्बर 2020

काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन। सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन। वडा कार्यालयहरु मार्फत जनशक्ति परिचालन गरी पीसीआर परीक्षणका लागि महानगरले स्वाव संकलन गरिरहेको छ । स्थानीय आदर्श लामिछाने महानगरको उक्त कामलाई समुदायको सुरक्षाका लागि राम्रो कदम भन्नुहुन्छ।

काठमाडौं महानगरपालिकाले अझ वृहत रुपमा स्वाव संलकन गर्न सके सबैको पहुँचमा पुग्ने आशा स्थानीय गर्छन् । अहिले विभिन्न मापदण्ड बनाएर स्वव लिइरहेको महानगरलाई स्थानीय उद्धवप्रसाद लामिछाने अधिकांश जनता सःशुल्क परीक्षण गर्न सक्ने अवस्थामा नभएकाले अभियानलाई वृहत बनाउनुपर्ने सुझाव दिनुहुन्छ ।

अर्का स्थानीय फाल्गुनी दाहाल केही समय बन्द भएर पुनः निशूल्क स्वाव संलकन भइरहेकोमा खुसी व्यक्त गर्दै महानगरपालिकाले मात्रै नभएर अन्य ठाउँमा पनि यसरी नै अभियान चलाउनुपर्ने बताउनुहुन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्र लामाले संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक ट्रेसिङ र सरकारले तोकेको मापदण्डका आधारमा स्वाव संकलन थालिएको बताउनुभयो । संक्रमित एकाघरका ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन थालिएको हो।

कोरोनाको निःशुल्क परीक्षण नगर्ने सरकारी निर्णय सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि  अहिले सरकार र स्थानीय तहहरुले मापदण्ड बनाएर कोरोना परीक्षण गरिरहेका छन। अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि काठमाडौं उपत्यकामा भने दिनदिनै संक्रमित बढीरहेका छन। महानगरपालिकाले अशक्त, वृद्धवृद्धाहरुको मोबाइल भ्यान मार्फत स्वास्थ्यकर्मी खटाएर स्वाव संकलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...