Homeमुख्य समाचारमहाराष्‍ट्रमा उद्धव ठाकरे नेतृत्‍वको सरकारको पहिलो मन्त्रीमण्डल विस्तार, को-को परे गठबन्धनबाट ?

महाराष्‍ट्रमा उद्धव ठाकरे नेतृत्‍वको सरकारको पहिलो मन्त्रीमण्डल विस्तार, को-को परे गठबन्धनबाट ?

मुम्बई, 30 दिसम्बर 2019

हाराष्‍ट्रमा उद्धव ठाकरे नेतृत्‍वको महाविकास अघाडी सरकारको बहुप्रतीक्षित पहिलो मन्त्रीमण्डलको विस्‍तार गरिएको छ । राष्‍ट्रवादी काँग्रेस पार्टीका अजित पवारले पनि शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई उप-मुख्‍यमन्त्रीको पद दिइने सम्भावना गरिएको छ । महाराष्‍ट्रका राज्‍यपाल भगतसिंह कोशियारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

शिवसेनाले उद्धव ठाकरेका पुत्र आदित्‍य ठाकरे, अनिल परब, शम्‍भू राजे देसाई जस्ता नयाँ अनुहारहरुलाई मन्त्रीपरिषदमा शामेल गरेको छ । सरकारलाई समर्थन दिएका निर्दलीय विधायक बच्‍चू काडुलाई पनि मन्त्रीमण्डलमा शामेल गरिएको छ ।

राष्‍ट्रवादी काँग्रेस पार्टीबाट धनन्‍जय मुण्डे,  नवाब मलिक,  राजेश टोपे,  अनिल देशमुखसहित नयाँ अनुहार जितेन्‍द्र औहद लगायतलाई मन्त्रीमण्डलमा स्थान मिलेको छ । पार्टीबाट 13 मन्त्रीहरुलाई शपथ ग्रहण गराइएको छ ।

काँग्रेसबाट पूर्व मुख्यमन्त्री अशोक चव्‍हाण , वरिष्‍ठ  नेता यशोमति ठाकुर, पूर्वमन्त्री वर्षा गायकवाड र पूर्व मुख्‍यमन्त्री स्‍वर्गीय विलास राव देशमुखका पुत्र अमित देशमुखसहित 10 मन्त्रीहरुलाई मन्त्रीमण्डलमा शामेल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...