HomeFeatureमहिला नेतृहरुद्वारा प्रतिनिधिसभा विघटनलाई अस्विकार गरी बैठक बोलाउन माग गर्दै सभामुखलाई पत्र

महिला नेतृहरुद्वारा प्रतिनिधिसभा विघटनलाई अस्विकार गरी बैठक बोलाउन माग गर्दै सभामुखलाई पत्र

काठमाण्डौ, 25 जनवरी 21

अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधि सभा विघटनलाई अस्विकार गरी बैठक बोलाउन माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान र कानूनको आधार विना नै सरकार प्रमुखले प्रतिनिधि सभा विघटन गर्नु प्रकृतिक रुपमा नै अमान्य र अस्विकार्य भएको भन्दै त्यसलाई अस्विकार गरी प्रतिनिधि सभाको बैठक बोलाउन माग गर्दै अन्तरपार्टी महिला सञ्जालले सोमबार सभामुख सापकोटालाई ध्यानाकर्षणपत्र बुझाएको हो । सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर सञ्जालका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । सञ्जालका प्रतिनिधिहरुले विधिको शासन, लोकतन्त्रको रक्षा र सम्भावित द्धन्द्धको सम्भावनालाई रोक्न असल नियतले आवश्यकताको सिद्धान्त अनुसार जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने प्रमुख संस्थाको नेतृत्वकर्ताको हैसियतले प्रतिनिधि सभाको उक्त विघटनलाई अस्विकार गरी यथाशिघ्र प्रतिनिधि सभाको बैठक बोलाई संसदको नियमित कारबाही सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभा विघटन सम्बन्धी प्रावधान वर्तमान संविधानमा नभएकोले सभामुखले आफ्नो विशेष अधिकार प्रयोग गरी प्रतिनिधि सभा सूचारु गर्न सक्ने पनि उनीहरुको भनाई छ । संवैधानिक र कानूनी आधार विना गरिएको विघटनको निर्णय सबै प्रतिनिधि सभा सदस्यहरुलाई अमान्य रहेको पनि सञ्जालका प्रतिनिधिहरुले बताएका छन् । यस सम्बन्धमा सभामुख सापकोटाले आफूले अध्ययन गरिरहेको प्रतिक्रिया दिनुभएको सञ्जालका प्रतिनिधिहरुले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...