HomeFeatureमहोत्तरीमा बालिका हत्याको बिरोधमा भएको प्रदर्शनमा प्रहरीद्वारा गोली प्रहार, 2 जना घाइते

महोत्तरीमा बालिका हत्याको बिरोधमा भएको प्रदर्शनमा प्रहरीद्वारा गोली प्रहार, 2 जना घाइते

 

महोत्तरी, 24 नोभेम्बर 2020

बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ । आईतबार साँझ देखी हराएकी ६ बर्षिय बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शब भेटिएको थियो । हत्या पछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शब फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दावी गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो। गोली लागेर  2 जना घाइते भएका छन । उनिहरुलाई लाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्गमा अवरोध खडा गरी प्रदर्शन गरेका थिए। घटनास्थलमा परिचालित प्रहरीमाथि स्थानीयबासीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गोली लागेर बर्दिबास नगरपालिका–१ का ४५ वर्षका सञ्जय न्यौपाने र बर्दिबासकै श्याम कार्की घाइते भएका छन्।  यसैबीच, स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएका छन्।  बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाले बालिकाको शव मुख्य सडकमा राखेर प्रर्दशन गरिरहेका छन् । प्रहरीले भने प्रदर्शनकारीले राजमार्ग अबरुद्ध गरी आन्दोलनलाई उग्र बनाएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...