HomeFeatureमाओवादी केन्द्रद्वारा राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट

माओवादी केन्द्रद्वारा राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट

काठमाडौं, 9 नवम्बर 2021

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीमा बिषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडी बढ्न नसक्ने स्पष्ट पारेको हो । यसअघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफु र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेको अभिव्यक्ति दिएपछि तर्क बितर्क हुँदै आएको थियो । एमसीसीमा रहेका केहि बिषयमा आपत्तीजनक रहेको र राष्ट्रिय सहमति नभइ अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताउनुभयो । त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने महराले बताउनुभयो । त्यस्तै माओवादीले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता महराले बताउनुभयो । बैठकले माओवादीको प्रदेश पदाधिकारी टुङ्गाउने बिषयमा छलफल भएको र प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरुसंग अध्यक्ष प्रचण्डले परामर्श गरेर टुङ्गाउने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...