HomeFeatureमाधव नेपाल भन्छन ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेका छन

माधव नेपाल भन्छन ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेका छन

काठमाण्डौ,6 अप्रैल 2021

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ। मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्क्षय मानेमा नआत्तिन आग्रह गर्नुभएको हो। उहाँले समस्या आएमा समाधान पनि निकाल्ने बताउनुभयो। आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताउनुभयो । एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्याई छाडने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

 

उहाँले भन्नुभयो भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरुलाई छाडने छैनौं । तपाईहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पार्नुभएको छ । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताउनुभयो ।

 

उहाँले भन्नुभयो हामीले संयुक्त जनमोर्चासँग कुरा गर्यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन बैद्यजीहरुको समूहसँग कुरा गर्यौं उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ। हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदी हाम्रो पार्टी अगाडी बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि बताउनुभयो । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको बताउनुभयो । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताउनुभयो । अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथी कुठाराघात गरिरहेको नेता नेपालले बताउनुभयो ।

 

उहाँले भन्नुभयो कहिलेकाहिं भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दाखेरी माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने, हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो की थिएन ? मै हुँ त्यो आवाज उठाउने । दुईवटाको चोचोमोचो मानिदैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरुपार्टी सँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नु पर्दैन । देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो की, संविधान नै समाप्त पारिदिने हो की, संघीयता नै निलिदिने हो की समावेसिता नै समाप्त पार्ने हो की गणतन्त्र नै खाइदिने हो की, ४७ सालको संविधान व्युताउने हो की, देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो की, अनि धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्याईदिने हो की यावत कुराहरुमा मान्छेले गहिरो गरी वाच गरिरहेका छन् ।

केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताउनुभयो । आफूहरुमाथि कारबाही गर्दा घोडा टेक्न आउँछनकी भन्ने भ्रम केपी ओलीमा रहेको पनि उहाँले बताउनुभयो । अहिले प्रतिनिधि सभा व्युतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दैं हिंडिरहेको पनि बताउनुभयो ।

 उहाँले भन्नुभयो जब केपी ओलीले आफ्नो वास्तविक स्वरुप देखाउनुभयो र अहिले आएर पार्टीको स्थापना गर्ने हामी जस्ता नेतालाई छ महिनाको लागि उहाँले निलम्बन भनेर घोषणा गर्नुभयो । मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो । भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ब्राइकेटमा के पनि लेखिदिएको छ भने की तपाईहरु प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ हाललाई हटाएको छैन । डरले थरथर काम्छन की घोडा टेक्छन की समर्पण गर्छन की मेरो पद जोगाईदेउ भन्छन की भनेर लेखेको होला । त्यो पद त उहिले गइसकेको थियो । उहीले भङ्ग गरेको होइन प्रतिनिधि सभा । प्रतिनिधि सभा त केपीले नचाहँदानचाहँदै पनि सर्वोच्च अदालतले व्युताइदिएको हुनाले केही महिनासम्म बसेका छौं । सँधै सुनेका छौं अब चुनाव छिटो हुन्छ । केपी ओली ले नै चुनाव गराउँछन अब हेर्न बाँकी नै छ ।

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिला देखि नै सताउँदै आएको पनि बताउनुभयो । २०५१ साल देखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिंडेको स्पष्ट देखिएको पनि उहाँले बताउनुभयो । अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडी नसकेको पनि नेता नेपालले बताउनुभयो । केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो । ओलीसँग आफूहरुको विचारमा विवाद भएको पनि बताउनुभयो । आफूहरु सामुहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको पनि नेता नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...