HomeFeatureमानव अधिकारकर्मीहरुद्वारा 9 दूतावास अगाडी धर्ना, आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन...

मानव अधिकारकर्मीहरुद्वारा 9 दूतावास अगाडी धर्ना, आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न माग

काठमाण्डौ, 10 डिसेम्बर 2020

आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले नेपाल स्थित नौ वटा दुवातावास अगाडी एकैसाथ धर्ना प्रदर्शन गरेका छन। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौ र ललितपुरमा रहेका नौ वटा दुतावास अगाडि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै धर्ना प्रदर्शन भएको हो । मानव अधिकारकर्मीहरुले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस पारेर काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुर स्थित उत्तर कोरियाली दुतावास अगाडि एकसाथ प्रदर्शन गरेका हुन् । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य एवं पूर्व महासचिव कृष्ण कँडेलले जीवजन्तु र मानिसलाई हानी हुने कुनैपनि आणविक अस्त्र राख्न पाइदैन भन्दै प्रदर्शन गरिएको बताउनुभयो । युद्धले विनास बाहेक केहीपनि नगर्ने भएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

धर्नामा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु’ र ‘विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो’, ‘सबै आणविक अस्त्र नष्ट गर’, ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर’, ‘आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन’, ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कसले बचाउँने’, ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन’ लगायत लेखिएका बयानर लिएर प्रदर्शन गरिएको थियो । यस्तै ‘युद्ध निषेधः शान्ति विशेष’, ‘युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ’, ‘युद्ध रोक शान्तिलाई बढावा देउ’ लेखिएका प्लेकार्डहरु लिएर मानव अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...