HomeFeatureमित्र मञ्चद्वारा राहतकार्य निरन्तर अघि बढाउने निर्णय

मित्र मञ्चद्वारा राहतकार्य निरन्तर अघि बढाउने निर्णय

नेशनल लाईव सम्वाददाता, रुपन्देही–नेपाल, 4 मार्च
प्रवासी नेपाली मित्र मञ्चले गर्दै आएको राहत कार्यलाई प्रोत्साहन दिनेगरि मानव कल्याण मित्र मञ्चले भिडियो कन्फरेन्सिङ्ग गर्दै राहत कार्यलाई अघि बढाउने निर्णय गरेको छ । दिल्लीमा खान नपाई पिडित रहेका प्रवासी नेपालीहरुले सम्पर्क गरिरहेका छन । तिनिहरुलाई मञ्चका अध्यक्ष बिष्णु खनाल  र महासचिव रघुनाथ पाण्डे तथा काशीराम आचार्य दिल्ली प्रभारी अग्रसर भएर राहत कार्यमा जुटिरहनु भएको छ ।
यसै सिलसिलामा दिल्लीको गोल मार्केट क्षेत्रमा करिब दुइसय परिवार रहने गरेका छन । जस मध्ये साठी घर परिवारको अवस्था अति दयनीय भएको बुझिएको छ । उनीहरुको घरमा खाने समस्या बढेको बुझिएको छ । अहिलेसम्म प्रवासी नेपाली मित्र मंचले पिरागढ़ी-सालिमारबाग क्षेत्रमा राहत सामाग्री वितरण कार्य गरिसकेको छ । यस्तो संकटको समयलाई ध्यानमा राखेर मानव कल्याण मित्र मञ्च नेपालले सबै क्षेत्र समेट्दै तत्काल 40 हजार नगद सहयोग गर्ने निर्णय गरेको छ।
विश्व जगत नै यो महामारीको चपेटामा लट्पटिएको यो संकटको घडीमा मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्याल र महासचिव गोविन्द पोख्रेलद्वारा जारी प्रेस विज्ञप्तिमा निम्न प्रकारका विषयहरु उल्लेख गरिएको छ ।
विश्व मानव जगतको संकटको यो घडीमा नेपाल सरकार र भारत सरकारले गरेको लक डाउनको मध्य नजर हामी “मानव कल्याण” मित्र मञ्च, अहिले मानव कल्याणकारी काम गर्न अग्रसर भै रहेका छौ । संगठनात्मक रुपमा हाम्रो भारत प्रवासमा रहेको प्रवासी नेपाली मित्र मञ्च अग्रसरताका साथ राहत सामाग्री सहित पिडितको घर दैलोमा उद्दार कार्यमा खटिएको सर्व-विदितै छ । यस विषम परिस्थितिमा हाम्रो मित्र मञ्चले प्रवासी नेपालीहरुका हकमा राहत कार्यलाई क्षमता अनुसार तिब्र पार्ने छ । मित्र मञ्च भारतले जानकारी गराए अनुसार अबको उद्दार कार्यका लागि हाम्रो टोलि नयाँ दिल्लीको गोल मार्केटतिर लम्कने भएको छ । यस्तो विषम परिस्थितिमा यो महामारीको प्रकोपबाट पिडित भएकाहरुलाई उद्दार गर्न सक्ने अवस्थालाई नजर अन्दाज गर्न पटक्कै मिल्दैन । हाम्रो मञ्चसँग सम्बन्धित सबै महानुभावहरुमा हाम्रो विशेष अनुरोध छ, कहि कतै बाटोमा अलपत्र परेका जो कोहिलाई सहयोग गर्न हामी सक्रिय रुपमा अग्रसर हुनुपर्छ । सम्बन्धित पुलिस प्रशासनसँग समन्वय गरेर उद्दारको कार्यमा लाग्न अति आवस्यक रहको हामीले महशुस गरेका हुनाले यो विज्ञप्ति जारी गरिएको हो । अन्तमा : नेपाल र भारत सरकारको निर्देशन पालना गर्दै जबसम्म यो महामारीको समाधान हुदैन या सरकारले अर्को विकल्प सहितको निर्देशन जारी गर्दैन तबसम्म, सबैलाई कृपया आ–आफ्नो घरमा सुरक्षित साथ बस्नका लागि अनुरोध गरेको छ ।
समस्यामा परेका नेपालीहरुका लागि मञ्चले नेपाल र भारतका निम्न नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।
नेपाल : ९८२१५६६५८७, ९८५७०७०४९९, ९८४७०३३९२४, ९८६७२२२४३१ र ९८४७६४३१७७
भारत : ९६५४४२०३४२, ८८६०१०१३४२, ९८७३१९५६७८, ९६५४४२७८७०, ९८१०९४१८०८ र ९८१०८९८६९९

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...