12 अक्तूबर 2021
मुगुको जे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो। दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ र १८ जना घाइते भएका छन् । क्षतिको पूर्ण विवरण आई नसकेको र प्रहरी उद्धारकार्यमा खटिरहेको मुगुका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । उद्धारका लागि सुर्खेतबाट पनि हेलिकोप्टर जाने तयारी भइरहेको बताइएको छ ।









































