मुम्बई, 23 जुलाई 2022
मुम्बईको उल्हासनगरमा एक नाबालिगको करंट लागेर दुखद निधन भएको छ। नेशनल लाईभ टिभीलाई मुम्बईबाट सहयोगी राज रोकायाले दिएको जानकारी अनुसार दैलेख जिल्ला दुल्लु नगरपालिका 3 डाडा बाडा घर भै हाल मुंबई को उल्हासनगर 3 दशहरा मैदान इन्द्रा नगर कमलकुगं सोसायटीमा बसोबास गर्दै आएका 8 वर्षिय बालक विनोद परियारको करंट लागेर मृत्यु भएको हो। बिगत 8 वर्ष देखी वाचमेनको ड्यूटी गर्दै आएका, प्रेम परियारका जेठो छोरा वर्ष 8 बिनोद परियार स्कुल देखी घरमा आइ, साथिहरूको साथमा उल्हासनगर 4 विनस चौकमा महानगर-पालिकाको बोन्ड्रिमा पानी जमा भएको ठाउंमा खेल्दै गर्दा बाहिर निस्कने क्रममा छेउको पोल समात्दा करंट लागेर 22 जुलाई शुक्रबारका दिन मृत्यु भएको हो। प्रहरीले जनाए अनुसार घटना सांझ 7 देखि 9 को बीचमा भएको बताइएको छ। परिवारले महानगरपालिकाको लापरवाहीले गर्दा आफुले पुत्र गुमाउनु परेको आरोप लगाएका छन। 23 जुलाई शनिवारका दिन मृतक विनोद परियार को उल्हास नगरको विनस शमशान भुमीमा अन्तिम संसार गरिएको छ।









































