मुम्बई, 15 मई 2020
भारतको महाराष्ट्र राज्यमा सामाजिक काम गर्दै आएको सामाजिक संगठन मनकामना एकता फाउन्डेसनले राज्यमा भोकै रहन बाध्य नेपालीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । पछिल्लो एक सातादेखी महाराष्ट्रका मुम्बई, विराट, चर्चगेट, गेट वे अफ ईन्डिया, भीवाण्डी, ठाणे, न्यू मुम्बई, पनवेल लगायतका ठाँउमा करिब 1500 जनालाई खाद्यान्न वितरण गरिसकेको फाउन्डेसनले अफ्ट्यारोमा परेका नेपालीहरुलाई सम्पर्क गर्न भनेको छ ।
फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेले आफुहरुले धेरै पहिलादेखी मानवीय सहयोग हरिरहेको र अहिले लकडाउनमा भोकै रहन बाध्य भएकाहरुलाई पनि खाद्यान्न वितरण गर्ने काम शुरु गरेको बताउनु भयो । उहाँले आफुहरु विहानदेखी साँझसम्म राहत वितरण गर्ने काममा निरन्तर लागिरहेकाले धेरै नेपालीहरुसम्म अझै पुग्न नसकिएकाले समस्यमा परेका नेपालीहरुलाई आफ्नो मोबाईल नम्बर 9870959939 वा फेरी 7718874871 मा टेक प्रसाद पराजुली वा फेरी 9323313666 मा शालिकराम तिवारीलाई फोन गरि जानकारी दिन भन्नुभएको छ । न्यौपानेले राहत वितरणमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद पनि दिनुभएको छ । कोरोना महामारीका कारण लकडाउन गरिएपछी भारतमा ठूलो संख्यामा नेपालीहरु भोकै रहन बाध्य भएका छन । उनिहरु ज्यान बचाउनका लागि यस्तै संघ संस्थाहरुमाथि निर्भर भएका छन ।











































