HomeFeatureमेरो नेतृत्वको सरकार पाँचै वर्ष चल्छ प्रधानमन्त्रीको दाबी

मेरो नेतृत्वको सरकार पाँचै वर्ष चल्छ प्रधानमन्त्रीको दाबी

काठमाडौं, 29 मार्च 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन्।बुधबार काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘बालेनजीले आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा गर्नुभयो। स्थानीय तहको निर्वाचनपछि प्रदेश र संघको निर्वाचन सम्पन्न गर्‍यौं। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरो नेतृत्वमा सरकार छ। मलाई विश्वास छ, यो सरकार पाँच वर्षसम्म जान्छ।’

बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौंका प्रमुख बालेन शाहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको भनाइको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।

उनले आफूले नै नेतृत्व गरेको आन्दोलनको बलमा तीन तहको सरकार बनेको दाबी गरे। स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भइसक्दा आफूलाई खुसी लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जग बलियो भयो भने सम्पूर्ण परिवर्तनको प्रक्रिया सुदृढ हुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...