Homeसमाचारखेलकुदयुरो कप फुटबलमा छनोट भए फ्रान्स, बेल्जियम र पोर्चुगल

युरो कप फुटबलमा छनोट भए फ्रान्स, बेल्जियम र पोर्चुगल

युरो कप फुटबलमा छनोट फ्रान्स, बेल्जियम र पोर्चुगल

 

 

काठमाडौं ,14 अक्टोबर 2023

 

फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो ।

समूह बी मा ६  खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । यस्तै समूह एफमा बेल्जियमले अष्ट्रियालाई ३-२ ले हराएर युरोकपमा स्थान बनाएको हो ।

 

अष्ट्रियाका लागि कोनरार्ड लाईमर र मार्सल सबितजारले गोल गरे । बेल्जियमको जितमा डोडी लुकेबाकियोले दुई तथा रोमुलु लुकाकुले एक गोल गरे ।

जितपछि बेल्जियम ६ खेलबाट १६ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । अष्ट्रियाले मंगलबार अजरबैजानलाई हराएमा युरो कपमा छनोट हुनेछ ।

यसैगरी क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले समूह जी को खेलमा स्लोभाकियालाई ३-२ ले हरायो । पोर्चुगलका लागि अर्को गोल गोन्कालो रामोसले गरे ।

जितपछि ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा रहेको पोर्चुगल तीन खेल अगावै युरोकपमा छनोट भएको हो ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...