अछाम, 11 फरवरी, 2020/ हिम शाह
अछामको बान्नीगढी जयगढ गाउँपालिका-5-मा युवा लघु उद्यमीसंग व्यावसायिक परामर्श कार्यक्रम कालिकाको जाल्पादेवी सहकारी संस्थामा सम्पन्न भएको छ। बान्नीगढी युवा लघु उद्यमी समुहका अध्यक्ष देवेन्द्रबहादुर थापाको अध्यक्षतामा व्यावसायिक परामर्श कार्यक्रमको आयोजना भएको थियो। कार्यक्रममा 45 जनाभन्दा बढी उद्यमीहरूको उपस्थिति रहेको थियो।
विशेष गरी युवाहरुलाई वडामा रोजगारीका अवसरहरूको सृजनाको लागी कार्यक्रमको पहल गरिएको बान्नीगढी युवा लघु उद्यमी समुहका अध्यक्ष देवेन्द्रबहादुर थापाले बताउनुभयो। युवाहरुलाई उद्यमशील बनाउन, आफ्नै गाउँमा केही काम गर्न सकुन् र रोजगारीको लागि विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वाक नेपालका विकास सुपरिवेक्षक माहादेव ओझाले बताउनुभयो।
जाल्पालेवि सहकारी संस्थाका व्यावस्थापक किसन रावल, वाक नेपाल युवा शसक्तिकरण बुल्गारी परियोजना संयोजक चन्द्रबहादुर साँकी, वाक नेपाल विकास सुपरिवेक्षक माहादेव ओझा, बान्नीगढी युवा सांसदका अध्यक्ष खेमराज ओझा, मालिका विकास संघका उपेन्द्र जैगढी लगायतको उपस्थित रहेको थियो।









































