नयाँ दिल्ली, 21 फरवरी 2020
रक्षामन्त्री राजनाथ सिंहले आज दिल्ली केन्टमा थलसेनाको नयाँ भवनको शिलान्यास गर्नुभएको छ। 29 एकड भूमिमा फैलिएको सेना मुख्यालय मानेकशा सेन्टर नजिक बनाइने छ। यस सेना मुख्यालयमा लगभग 6 हजार सैनिकहरू बस्न सक्ने व्यवस्था हुनेछ र यसै परिसरमा सैनाको सबै कार्यालय पनि रहनेछन्। लगभग साढे 7 लाख वर्गमिटर क्षेत्रफलमा यसको निर्माण गरिनेछ जसमा कार्यालय परिसर र पार्किङ्गको पनि व्यवस्था उपलब्ध छ। यस परियोजनाको निर्माण कार्य 5 वर्षमा पूरा हुनेछ।
यस अवसरमा रक्षामन्त्री सिंहले देशको लागि आफ्नो प्राणको आहुती दिने वीर जवानहरूको बलिदानको प्रतीक स्वरूप यस भवनको निर्माण गरिराखिएको बताउनुभयो। उहाँले यस भवनमा वाहनहरूबाट हुने वायु प्रदूषण नियन्त्रणको व्यवस्था पनि गरिएको बताउनुभयो।









































