HomeFeatureरक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई मतदान गर्न सिंहको आग्रह

रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई मतदान गर्न सिंहको आग्रह

काठमाडौं, 17 अक्टूबर 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षा र त्यसको अक्षरशः कार्यान्वयनका लागि सत्ता गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । उनले संघीय संविधान जारी भएको यतिका वर्ष बित्दा पनि संविधानका मुलभूत मुद्दाहरूमै सरकारले प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार दिन नसकेको बताए । काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता सिंहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आसन्न निर्वाचनले संविधानका उपलब्धिहरूको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलको जित महत्त्वपूर्ण हुने बताए ।

‘संविधान जारी भएको यतिका वर्ष भयो । तर, संघीयतामाथि नै प्रश्न उठिरहेको छ । संघीय सरकारले अधिकार दिन नचाहँदा र आवश्यक कानुनहरू बन्न नसक्दा संघीयताबारे प्रश्न उठ्नु स्वभाविक छ,’ नेता सिंहले भने, ‘नेपाली कांग्रेस सिंहदरबारमा केन्द्रित अधिकार वडा-वडासम्म पुर्‍याउन चाहन्छ । त्यसका लागि यो संविधानको कार्यान्वयन हुनु जरुरी छ ।’

उनले निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत जनाए । नेता सिंहले आफू काठमाडौंबाट निर्वाचित भएर नेपाल सरकारको उपप्रधानमन्त्रीसम्म बनेको भन्दै त्यसमार्फत कांग्रेसले क्षेत्र नं. १ का जनतालाई गरेको सम्मानको रुपमा बुझ्नुपर्ने बताए ।

उनले विगत पाँच वर्षसम्म कांग्रेसको सरकार नरहेका कारण कतिपय योजनामा रहेका कामहरूसमेत हुन नसकेको भन्दै आसन्न चुनावमा निर्वाचित भए आफूलाई काम गर्ने वातावरण बन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...