काठमाडौं, 28 अप्रैल 2023
उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पुर्याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका थिए । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए भने तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।









































