HomeFeatureराजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भयोः प्रचण्ड

राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भयोः प्रचण्ड

काठमाडौं, 19 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताउनुभएको छ । मंगलबार आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुर्नस्थापित गर्ने तथा देशलाई निरंकुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको बताउनुभएको हो । उहाँले यस कदमलाई हरमुल्यमा रोक्ने पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाएपनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताउनुभयो । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उहाँको टिप्पणी छ ।

भेलामा सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ  हुन पुगेको बताउनुभयो । प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उहाँले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिदैँ ओरिजिनल एमाले केपी ओली नभई आफु भएको जिकिर गर्नुभयो । एकिकरण पछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उहाँले अब ति पार्टी नब्युतिने बताउनुभयो ।

अध्यक्ष नेपालले लोकतन्त्र, गठतन्त्र, संघीयता, संविधान लगायतका राजनीतिक परिवर्तनहरु संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...