HomeFeatureराजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी मार्फत सरकारको विरोध

राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी मार्फत सरकारको विरोध

काठमाण्डौं, 28 जनवरी 2021

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले कार्टुन प्रदर्शनी मार्फत सरकारको विरोध गरेको छ । बिहीबार काठमाडौंको रत्नपार्क स्थित शान्तिवाटिकामा पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुन मार्फत सरकारको विरोध गरेको हो । मोर्चाका संयोजक सिपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टुन मार्फत देखाइएको बताउनुभयो । यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबाट अन्योलमा परेका जनतालाई बुझाउन पनि कार्टुन प्रदर्शनी गरिएको बताउनुभयो । प्रदर्शनीमा राखिएका कार्टुनहरुले देशमा परिवर्तन आउन नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसकेको, देशको विकास र समृद्धि हुन नसकेको र रोजगारी पाउन नसकेर अन्योलमा परेका नागरिकहरुलाई समेत देखाइएको संयोजक गजुरेलले बताउनुभयो । कार्टुनमार्फत अन्योलमा परेका जनतालाई अहिलेको राजनीतिक दलहरुले कुनै निकास दिन नसक्ने सन्देश दिन खोजिएको पनि संयोजक गजुरेलले प्रष्ट पार्नुभयो ।

अहिलेको व्यवस्थाले जनतालाई निकास नदिने भएकाले अव नयाँ परिवर्तन ल्याउन नयाँ विकल्पको खोजि गर्नुपर्ने पनि संयोजक गजुरेलले बताउनुभयो । देशमा संघीय जनगणतन्त्र ल्याउनुपर्ने कुरालाई पनि कार्टुनमार्फत देखाउन खोजिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...