Homeसमाचारराजनीतिराजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको ओलीको दाबी

राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको ओलीको दाबी

राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको ओलीको दाबी

काठमाडौं, 17 जुन 2023

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनमा कहिले पनि झुटो नबोलेको दाबी गरेका छन् । अखिल नेपाल महिला सङ्घ, बाग्मती प्रदेश कमिटीले शनिवार आज च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘मैले २२ सालबाट राजनीति सूरु गरेँ । मेरो जीवनभरी, ५८ सालभरी मैले गरेको कुरा कुनै झुटो र झुटमा आधारित कुरा मैले बोलेको छैन ।’ 

 ‘म हरेक कुराको जवाफ दिन सक्छु । हामीले कुनै पार्टीमाथि गलत आरोप लगाएको छैन । हामीमाथि उहाँहरुले झुटा आरोप लगाउनु हुन्छ ।’

अध्यक्ष ओलीले ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भएपनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेरहद हटाइएको पनि बताए।

राजनीतिक जीवनमा

थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि। राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो,’ उनले भने, ‘कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एड्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौं।’

यस्तो ७० वर्ष उमेरहदको प्रावधान कहीँ पनि नभएको उनले प्रष्ट्याए।

अमेरिकामा पनि ८० वर्षीय राष्ट्रपति जो बाइडेनले सरकार चलाइरहेको र नेपालमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजनीति गरिरहेको बताएका छन्।

‘यस्तो अमेरिकामा छ, बेलायतमा छ ? भारतमा छ ७० वर्ष ? जापानमा छ, चीनमा छ, कहीँ छ ? चीनमा थियो, हटिसक्यो। अब सी चिङफिङ दुई पटक भन्दा हुन नपाउने भन्ने थियो। हटाइसके । उहाँले ७० वर्ष पनि पार गरिसक्नुभयो,’ उनले भने, ‘अनि, चीनले पनि यसलाई सच्यायो।’

साइप्रसमा पनि ६५ वर्षको उमेर हद रहेको र त्यो पनि काम नलाग्ने भनेर हटाइसकेको उनले बताएका छन्।

राजनीतिक जीवनमा

 

यो समाचार पनि पढनुहोस्…

  1. आईसीसी पुरुष क्रिकेट विश्वकप
  2. ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा
  3. आँशु झार्दै थापाले भने
  4. देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...